घोराही सिमेन्टको आइपीओमा पैसा नभएको खाताबाट ४ अर्बको आबेदन, चलखेलको आशंका

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 19, 2023 | 02:46:50 PM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्टको आईपिओमा ठूलो मात्रमा झुटो आवेदन परेको पाईएपछि सिडीएस एण्ड क्लियरिङले कारबाहीको चेतावनी दिएको छ । यसरी आईपिओमा आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गर्नु जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई कारबाही गर्ने चेतावनी सिडीएसले दिएको हो। 

आफ्नो खातामा पैसा नभएको थाहा हुँदा हुँदै आईपिओलाई प्रभावित पार्नको लागि जानाजान अत्याधिक कित्ताको लागि आईपिओमा आवेदन परेको सिडीएसले जनाएको छ । खातामा आफुले आवेदन दिएको शेयरको लागि चाहिने आवश्यक रकम नभएमा उक्त आवेदन फेरिफाई हुँदैन । सिडीएसले त्यसो आवेदनलाई झुटा आवेदन भन्दै कारबाहीको चेतावनी दिएको हो । 

सिडीएसको सुचनामा भनिएको छ 'संगठित संस्थाले जारी गरेको सार्वजनिक निष्कासनमा आफ्नो बैक खातामा मौज्दात नराखी वा खातामा मौज्दात रहेको भन्दा बढी रकमको आवेदन दिई संस्थाले जारी गरेको धितोपत्रको सार्वजनिक निष्कासनमा प्राप्त आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य गरेमा सो कार्य धितोपत्र सम्बन्धी ऐन, २०६३ अनुसार झूटा एवं जालसाजी युक्त कारोबार हुने भएकोले यस्ता कार्य गर्ने व्यक्ति वा संस्थालाई सो ऐन अनुसार कानुनी कारबाही हुने व्यहोरा जानकारी गराउँदै यस किसिमको कार्य नगर्न नगराउनुहुन सम्बन्धित सम्पूर्णलाई सूचित गराइन्छ ।'

घोराहीले निष्काशन गरेको आईपिओमा निष्काशन गरीएको कित्ता भन्दा बढी कित्ता रिजेक्ट भएपछि सिडीएसले यस्तो सूचना जारी गरेको हो ।  सिडीएसकका प्रवक्ता सुरेश न्यौपानेका अनुसार घोराहीको आईपिओमा १ करोड कित्ता भन्दा बढीको आवेदन रिजेक्ट भएको छ । खातामा पैसा नहुँदा १ करोड बढी कित्ताको आवेदन रिजेक्ट भएको हो ।  यसरी जानाजान बढी कित्ताको लागि आवेदन दिएर आवेदनको संख्या तथा परिमाणलाई प्रभावित पार्ने कार्य भएकोले कारबाही गर्ने चेतावनी दिएको उनले बताए । उनका अनुसार यस अघिका आईपिओमा पनि यस्तो समस्या देखिएको थियो । तर यो पटक निष्काशन भएको कित्ता भन्दा धेरै बढीको आवेदन नै रिजेक्ट भएपछि सचेत गराईएको उनले बिजपाटीलाई बताए ।

कम्पनीले ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । ६९ लाख कित्ता शेयर निष्काशन गर्दा १ करोड कितात बढी रिजेक्ट हुनु अस्वभाविक रहेको सिडीएसको भनाई छ । सिडीएसका अनुसार आज दिउँसो २ बजेर ३५ मिनेटसम्ममा ५ लाख ४४ हजार २ सय ४७ जना आवेदकबाट २ करोड ३३ लाख २२ हजार ३ सय ५० कित्ताको लागि आवेदन परेको छ । यो मध्ये १ करोड कित्ता रिजेक्ट भईसकेको सिडीएसले जनाएको हो ।

१ करोड बढी कित्ता शेयर रिजेक्ट भएपनि कम्पनीको आईपिओ पूर्णरुपमा बिक्री भईसकेकोले मंगलबार सूचना जारी गरेर मंगलबार बिक्री बन्द हुने स्रोतले जनाएको छ ।

कम्पनीले प्रति कित्ता ४३५ रुपैयाँको दरले शेयर निष्काशन गरेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved