नेपाल रिपब्लिक मिडियाको आईपिओ बाँडफाँड मिति तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 23, 2023 | 12:54:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रिपब्लिक मिडिया लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ सोमबार बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलले असार ११ गते शेयर बाँडफाँड गर्न लागेको हो ।

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको हो । कम्पनीले  आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको हो । 

कम्पनीको आईपिओमा माग भन्दा ३.८४ गुणा बढीको आवेदन परेको छ । सिडीएससीका अनुसार कम्पनीको आईपिओमा १२ लाख ८२ हजार ६ सय ३६ जना आवेदकबाट १ करोड ३९ लाख २३ हजार ३ सय कित्ताको लागि आवेदन परेको छ । माग भन्दा बढीको आवेदन परेकोले कम्पनीको शेयर गोलाप्रथाबाट बाँडफाँड हुने छ । जस मार्फत ३ लाख ६१ हजार ९ सय ८९ जना आवेदकले मात्र शेयर पाउने छन् । यी मध्ये १ जनाले ११ कित्ता शेयर पाउने छन् । बाँकि ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कितातको दरले शेयर पाउने छन् । यी बाहेक अन्य आवेदक भने हात खाली हुने छन् । यद्यपि यो प्रारम्भिक तथ्यांक भएकोले यसमा केहि तलमाथि हुन सक्ने छ ।

नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ।

यो पनि : रिपब्लिक मिडियाको आईपिओ: घाटा सर्वसाधारणलाई, नाफा बाबुछोरीलाई

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved