टिएमएसको सोर्स कोड आफ्नै हुनुपर्छ, चलखेल रोक्न नेप्से र सेबोनलाई भनिसकेको छु : मन्त्री महत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2023 | 06:26:17 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. प्रकाश शरण महतले शेयर कारोबारको लागि प्रयोग हुने टिएमएस आफ्नै हुनु पर्ने बताएका छन् । आज संसदमा मन्त्रालयगत बजेट बिनियोजनमाथि उठेका प्रश्नको जवाफ दिदै मन्त्री महतले टिएमएसको सोर्स कोड आफ्नै हुनु पर्ने बताएका हुन् 

मन्त्री महतलाई सांसद मेटमणि चौधरीले टिएमएसको सोर्सकोड नेप्सेसँग छैन भन्ने सुनेको भन्दै प्रष उठाएका थिए । 

मन्त्री महतले शेयरबजारमा हुने चलखेल रोक्नको लागि नेप्से र नेपाल धितोपत्र बोर्डलाई भनिसकेको बताए । उनले केहि लगानीकर्ताले आफ्नो स्वार्थ पुरा गर्न ५६ लाख लगानीकर्तालाई जोड्ने गरेको भन्दै अशन्तुष्टी व्यक्त गरे । उनले शेयर बजारमा केहि सिमितहरुले खेलिरहेको उल्लेख गरे ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved