यी ३ तरिकाबाट हेर्न सकिन्छ अपर स्याङ्गे हाइड्रोको आईपिओ नतिजा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 07, 2023 | 09:27:34 AM मा प्रकाशित

laxmi  sunrise bank

अपर स्याङ्गे हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ। बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलले शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो।

क्यापिटलका अनुसार आईपिओमा कुल १२ लाख ४ सय ७६ जना आवेदकबाट कुल १ करोड २८ लाख २५ हजार ५ सय ३० कित्ताको लागि आवेदन परेको छ । जस मध्ये ११ लाख ९८ हजार ७७ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ । २३९९ जनाको आवेदन रद्द भएको छ । 

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरेको छ ।  जस अनुसार ५३ हजार ९ सय ५० जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । 

आईपिओको नतिजा केहि समयमा प्रकाशन हुने छ ।  कम्पनीको आईपिओ नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट हेर्न सकिने छ । आईपिओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । जस अनुसार बिक्रि प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट www.siddharthacapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login,  र सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  


कम्पनीले सर्वसाधारणलाई असार १० देखि असार १३ गतेसम्म  आईपिओ निष्काशन गरेको थियो। कम्पनीले सर्वसाधारणलाई ५ लाख ३९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । 

  कम्पनीले लमजुङ्ग जिल्लाको मस्र्याङ्गदी गा.पा. वडा नं. ४, स्याङ्गे नदीमा २.४ मेगावाट क्षमताकोे हाइड्रोपावर आयोजना निर्माण सम्पन्न गरि २०७८/११/१५ देखि व्यापारिक उत्पादन सुरु गरेको छ । कम्पनीको यस आयोजनाको प्रति मेगावाट लागत २१ करोड ३ लाख रहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved