चिर्खुवा हाइड्रो र माथिल्लो मैलुङखोलाले पाए आईपिओ निष्काशन अनुमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 09, 2023 | 03:59:15 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल धितोपत्र बोर्डले थप २ कम्पनीलाई आईपिओ निष्काशनको अनुमति दिएको छ। बोर्डले असार २० गते चिर्खुवा हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडलाई शेयर निष्काशनको लागि अनुमति दिएको हो ।

चिर्खुवा हाइड्रोपावर लिमिटेडले  १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता शेयर निष्काशनको अनुमति पाएको हो ।  कम्पनीले शेयर निष्काशनको लागि आरविवि मर्चेन्ट बैंकिंगलाई बिक्रि प्रबन्धक चयन गरेको छ । कम्पनीले भोजपुरमा ४.७ मेगावाट अपर चिर्खुवा जलविद्युत आयोजना र भोजपुर मै ४.०६ मेगावाटको लोअर चिर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

त्यस्तै माथिल्लो मैलुङखोला जलविद्युत लिमिटेडले २५ करोड बराबरको २५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यी शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि सानिमा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । यो सानिमा समूह अन्तर्गतको कम्पनीको हो । कम्पनीले रसुवामा १४.३ मेगावाटको माथिल्लो मैलुङखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved