घोराही सिमेन्टको आईपिओ आज बाँडफाँड हुँदै, सबै आवेदकले शेयर पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2023 | 11:09:21 AM मा प्रकाशित

laxmi  sunrise bank

घोराही सिमेन्टले निष्काशन गरेको आईपिओ आज आइतबार बाँडफाँड हुने भएको छ। आज दिउँसो ३:३० बजे नक्साल स्थित नबिल इन्भेष्टमेन्टको कार्यालयमा शेयर बाँडफाँड हुन लागेको हो।

कम्पनीको आईपिओमा परेको प्रारम्भिक विवरण हेर्दा आवेदन दिएका सबै आवेदकले शेयर पाउने भएका छन् । कम्पनीको आईपिओमा परेको अन्तिम आवेदन विश्लेषण गर्दा सबै आवेदकले न्युनतम १० कित्ता र केहि आवेदकले २० कित्तासम्म शेयर पाउने देखिएको हो। 

कम्पनीको आईपिओमा आवेदन दिने अन्तिम दिन आज सोमबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार ६ लाख ७३ हजार ८ सय ३९ जना आवेदकबाट २ करोड ५४ लाख २० हजार३ सय २० कित्ताको लागि आवेदन परेको थियो ।  १० कित्ताको दरले शेयर बाँडफाँड गर्दा कुल ६ लाख ९१ हजार १ सय ६७ जनाले कम्पनीको शेयर पाउने थिए । तर  ६ लाख ७३ हजार ८ सय ३९ जना आवेदकले मात्र आवेदन दिएकोले सबै आवेदकले न्युनतम १० कित्ता शेयर पाउने र केहि आवेदकले २० कित्ता शेयर पाउने देखिएको हो  ।  यद्यपि यो संख्या केहि तलमाथि हुन सक्ने छ।

कम्पनीले सर्वसाधारणलाई अंकित  मूल्य १०० रुपैयाँमा ३३५ रुपैयाँ प्रिमियम थपेर प्रति शेयर ४३५ रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले सर्वसाधारणलाई कुल ६९ लाख ११ हजार ६ सय ७० कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणलाई शेयर निष्काशन गरेको थियो ।  नेपाल धितोपत्र बोर्डको निर्देशनमा असार ४ देखि कम्पनीको आईपिओ स्थगित भएको थियो । फेरि बोर्डको निर्देशनमा असार २२ गतेदेखि आवेदन फिर्ता लिने, र आवेदन दिएकोको हकमा कित्ता थपघट गर्न सक्ने विकल्प सहित आवेदन पुन: खुला भएको थियो ।  शेयर निष्काशनको लागि हिमालयन क्यापिटल र नबिल इन्भेष्टमेन्ट बिक्रि प्रबन्धक रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved