सिडीएससीले आफ्नो स्वामित्वमा रहेको धितोपत्र विक्री गर्नु अघि उक्त धितोपत्र विक्री गर्न योग्य रहेको यकिन गर्न आग्रह गरेको छ। क्लोजआउटको समस्याबाट बच्नको लागि सिडीएसले शेयर बिक्री गर्नु अगाडी सो शेयर बिक्री गर्न योग्य छ कि छैन हेर्न आग्रह गरेको हो।
लगानीकर्ताको डिम्याट खातामा रहेको धितोपत्र विभिन्न कारणले रोक्का हुन सक्ने र यसरी रोक्का भएको धितोपत्र दोस्रो बजारमा विक्री गरि राफसाफ तथा फछ्र्यौट गर्ने क्रममा हस्तान्तरण हुन नसकि क्लोजआउट हुने समस्या देखिने गरेकोले सिडीएसले सम्पूर्ण लगानीकर्तालाई धितोपत्र विक्री गर्न योग्य रहेको यकिन गरेर मात्र बेच्न आग्रह गरेको हो ।
सिडीएसका अनुसार मेरो शेयरको My Shares पेजमा देखाइने धितोपत्रको अवस्था मध्ये Free Balance मा रहेको परिमाणको धितोपत्र मात्र विक्री योग्य हो। Free Balance मा देखिने संख्या भन्दा बढी कित्ता शेयर बिक्री नगर्न सिडीएसले आग्रह गरेको हो।
डिम्याट नवीकरण नगरेको अवस्थामा, शेयर प्लेज रहेको अवस्था खातामा शेयर भए पनि बिक्री गर्न मिल्दैन ।