नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल पुँजीबजारमा एसएमई प्लेटफर्म छिट्टै आउने बताएका छन् । आज ब्रोकर न्मब्र ६२ क्यापिटल म्याक्सको उद्घाटन गर्दै अध्यक्ष रमेश हमालले एसएमई प्लेटफर्म छिटो ल्याउनको लागि आफु लागिपरेको बताए ।
उनले यसको नियमावलीको मस्यौदा तयार गरेर पठाईसकेको जानकारी दिदै आज पनि अर्थ मन्त्रालयमा यस बारे छलफल गर्नको लागि गएको बताए । एसएमई प्लेटफर्म आएपछि २५ करोडभन्दा कम चुक्ता पुँजी भएका कम्पनीलाई आईपिओ निष्काशन गरेर नेप्सेमा सुचिकृत हुनलाई धेरै सजिलो हुने र खर्च पनि कम हुने उनले उल्लेख गरे। त्यस्ता कम्पनीहरुलाई विभिन्न छुट पनि हुने उनले बताए ।
यस्तो हुँदा बजारमा धेरै नयाँ स्टार्टअप कम्पनी आउने उनले बताए । यो बुझ्ने लगानीकर्ताको लागि लगानीको राम्रो अवसर हुने उनले बताए । यद्यपि उनले एसएमई प्लेटफर्ममा आउने कम्पनीमा धेरै जोखिम पनि भएकोले नबुझ्ने लगानीकर्ताले सुरु मै हाम फाली नहाल्न आग्रह गरे। उनले भने 'सबै एसएमई सर्भाईभ हुदैनन्. सबै स्टार्टअप सर्भाईभ हुदैनन्, ति कम्पनीमा जोखिम पनि बढी छ, त्यहि कारण एसएमई प्लेटफर्ममा आउने कम्पनीमा आईपिओ भर्न पाउने कित्ताको संख्या बढाएर १० कित्ताबाट २५० कित्ता पुर्याएका छौ ।'
त्यस्तै उनले नेपाली बजारमा शशक्त बन्ड मार्केट चाहिएकोले त्यसको लागि अध्ययन पनि भईसकेको उनले बताए । उनले यसको लागि विश्व बैंक, र आईएफसीसंग पनि छलफल भएको र विश्वबजारमा भएजस्तो बन्ड मार्केट लाउने लक्ष्य रहेको उनले उल्लेख गरे । अब नियमावलीमा संशोधन गरेर अब कार्यान्वयनतर्फ जान लागिएकोले उनले जानकारी दिए ।
साथै उनले ब्रोकर कमिशनको विषयमा आफु सिरियस रहेको र उपयुक्त समयमा यसको समबोधन हुने बताए ।
।