डिम्याट खातामा आयो नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 27, 2023 | 10:53:02 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल रिपब्लिक मिडिया लिमिटेडको शेयर लगानीकर्ताको डिम्याट खातामा आएको छ ।  सिडीएससीले आज बिहिबारदेखि लगानीकर्ताको डिम्याट खातामा शेयर पठाउन थालेको हो । 

खातामा शेयर आएसंगै नेप्सेमा सुचिकृत भएपछि कम्पनीको शेयर खरिद बिक्री गर्न सकिने छ । कम्पनीको NRM सिम्बलबाट करोबार हुने छ । 

कम्पनीले जेठ २६ गतेदेखि जेठ ३० गतेसम्म आम सर्वसाधारणलाई आईपिओ बिक्री खुला गरेको थियो । कम्पनीले  आम सर्वसाधारणलाई ३६ लाख १९ हजार ८ सय ९१ कित्ता शेयर निष्काशन गरेको थियो । जस अनुसार गोलाप्रथाबाट ३ लाख ६१ हजार ९ सय ८९ जनाले शेयर पाएका थिए। यी मध्ये १ जनाले ११ कित्ता शेयर र बाँकि ३ लाख ६१ हजार ९ सय ८८ जनाले १० कित्ता शेयर पाएका थिए । 

नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ।

यो पनि : रिपब्लिक मिडियाको आईपिओ: घाटा सर्वसाधारणलाई, नाफा बाबुछोरीलाई

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved