४ वटा वाणिज्य बैंकले मागे ऋणपत्र निष्काशन अनुमति, कुनको कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 08, 2023 | 04:56:57 PM मा प्रकाशित

laxmi  sunrise bank

विभिन्न ४ वटा वाणिज्य बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्रमा आवेदन दिएका छन् । कुमारी बैंक, सिटिजन्स बैंक, नबिल बैंक, र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ऋणपत्र निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

कुमारी बैंकले साउन ९ गते , सिटिजन्स बैंकले साउन १४ गते, नबिल बैंकले साउन १४ गते र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले साउन २१ गते बोर्डमा आवेदन दिएको हो । धितोपत्र बोर्डले अनुमति दिएपछि यी बैंकले ऋणपत्र निष्काशन गर्ने छ  ।

कुनको कति ?

कुमारी बैंकले १००० अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशनको अनुमति माग गरेको हो । १० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।

सिटिजन्स बैंकले १००० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशनको अनुमति माग गरेको हो । १० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नबिल बैंकले १००० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशनको अनुमति माग गरेको हो । ७ वर्ष अवधिको ऋणपत्रमा बैंकले ९ प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १००० अंकित दरका ४० लाख ४० हजार कित्ताले हुन आउने ४ अर्ब ४ करोड बराबरको ऋणपत्र निष्काशनको अनुमति माग गरेको हो । १० वर्ष अवधिको ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ । ऋणपत्र निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved