डिम्याट नवीकरणबाट २० करोड आम्दानीको अनुमान, नवीकरण नर्गनेले आईपीओ भर्नै नपाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 09, 2023 | 06:45:48 PM मा प्रकाशित

laxmi  sunrise bank

भदौ १५ देखि १७ लाख लगानीकर्ताले आईपीओमा आवेदन दिन नपाउने भएका छन् ।सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत २०८० भाद्र १५ गते देखि रोक्का राख्ने निर्णय गरेसंगै डिम्याट नवीकरण नगरेका १७ लाख लगानीकर्ताले नवीकरण नगरेसम्म आईपीओमा आवेदन दिन नपाउने भएका हुन्।

सिडीएसको तथ्यांक अनुसार हाल डिम्याट खाताको संख्या ५८ लाख बढी रहेको छ । यी मध्ये करिब ३५ लाख खाता मात्र नवीकरण रहेको छ। बाँकि खाता नवीकरण भएका छैनन् । डिपी भनेर चिनिने डिम्याट खोल्ने कम्पनीहरुले करिब १७ लाख डिम्याट खाता नवीकरण हुन बाँकि रहेको तथ्यांक सिडीएसलाई उपलब्ध गराएका छन् । तर यो संख्या करिब २० लाख भएको सिडीएसको अनुमान छ । 

अधिकांश लगानीकर्ताले आफ्नो डिम्याट खाताको नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्ने गरेका छन् । आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले मेरोशेयर मात्र नविकरण गर्ने गरेका छन् । त्यस्ता लगानीकर्तालाई लक्षित गरेर सिडीएससीले डिम्याट खाताको नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरेका लगानीकर्ताको मेरोशेयर पनि रोक्का राख्ने भन्दै सूचना जारी गरेको छ । यदि मेरोशेयर रोक्का भएमा आईपीओमा आवेदन समेत दिन नपाउने भएकोले बाध्य भएर लगानीकर्ताले डिम्याट पनि नवीकरण गर्ने सिडीएसको अपेक्षा छ ।

 लगानीकर्ताले आफ्नो हितग्राही खाता (Demat Account) को बार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्य (DP) लाई बुझाउनुपर्ने व्यवस्था छ। सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ । यस्ता लगानीकर्ताले शेयर विक्री गर्दा खाता रोक्का भएका कारणले e-DIS गर्न सम्भव हुदैन। 

तर दोस्रो बजारमा कारोबार नगर्नेले शेयर बिक्री नै नगर्ने भएकोले उनीहरुले लामो समयदेखिको डिम्याट नवीकरण गरेका छैनन्। मेरोशेयर नवीकरण गरेपछि आईपीओमा आवेदन भने गर्न मिल्छ। शेयर नबेच्ने भएपछि लगानीकर्ताहरुले डिम्याट नवीकरणमा चासो देखाउने गरेका छैनन्। अब भने सिडीएसले मेरो शेयर मात्र नवीकरण गरेर डिम्याट नवीकरण नगर्नेको मेरोशेयर समेत रोक्का गर्ने तयारी गरेको हो । 

२० करोड आम्दानी हुने डिपीको हिसाब 

लगानीकर्ताले मेरोशेयर मात्र नवीकरण गर्ने र डिम्याट खाता नवीकरण नगर्ने प्रवृत्ति गरेपछि डिपीहरुको  कै आग्रहमा सिडीएसले डिम्याट नवीकरण नगर्नेको मेरोशेयर रोक्का गर्ने तयारी गरेको हो । यसो हुँदा नवीकरण हुन बाँकि रहेका लगानीकर्ताले डिम्याट नवीकरण गर्ने र २० करोड आम्दानी हुने उनीहरुको हिसाब छ। एक डिम्याट वापत सिडीएसलाई १० रुपैयाँ दिनु पर्ने व्यवस्था रहेकोले बाँकि ९० रुपैयाँ डिपीले राख्न पाउने छन् । यसो हुँदा डिपीले राम्रो आम्दानी गर्न सक्छन् । 

यद्यपि एकै व्यक्तिको २ डिम्याट पनि हुने गरेका छन् भने कतिपय डिम्याट पूर्ण रुपमा निष्क्रिय रहेका छन् । शेयर नै नभएका डिम्याटहरु पनि छन् , जुन नवीकरण हुन आउने सम्भावना न्यून छ । धेरै वर्ष अगाडी देखिको डिम्याट पनि नवीकरण गर्नु पर्ने भएकोले राम्रो आम्दानी हुनेमा डिपी हरु विश्वस्त देखिन्छन् । सिडीएसको निर्णयसंगै नवीकरण शुल्क मार्फत पैसा उठ्नेमा डिपीहरु आशावादी छन् । 

हाल एनआईसी एसिया क्यापिटल, प्रभु क्यापिटल, कुमारी क्यापिटल लगायत केही डिपीहरुले ९९९ मा लाइफटाइम डिम्याट नवीकरणको सेवा दिइरहेका छन् । यस्तो अफर अन्य डिपीहरुले पनि ल्याउन सक्ने संभवाना छन् । तर डिम्याट नवीकरण गर्नको लागि प्रोत्साहन गर्ने उदेश्यले अन्य खालको छुट अफर भने ल्याउन सक्ने अवस्था नरहेको एक डिपी कम्पनीका प्रमुख कार्यकारी अधिकृतले बताए । उनका अनुसार सिडीएसको निर्णयले आईपीओ भर्नेहरुले आईपीओ भर्नको लागि भएपनि बाध्य भएर डिम्याट नवीकरण गर्छन् । जसले गर्दा कम्पनीहरुलाई केहि पनि आम्दानी हुने उनको भनाई छ ।

कुन डिपीसंग छन् बढी डिम्याट ?

हाल बजारमा भएका मध्ये एनआईसी एसिया बैंकले सबैभन्दा धेरै डिम्याट खाता खोलेको छ । बैंकले डिम्याट खाता खोलाउदा बैंकसंगै कनेक्ट गराउने र बैंकबाट अनि स्वत नविकरण हुने गरि व्यवस्था गर्ने भएकोले डिम्याट नवीकरणको समस्या खासै नभएको एनआईसी एसिया क्यापिटलले जनाएको छ । 

एनआईसी पछि धेरै डिम्याट भएका डिपीहरुमा ग्लोबल आईएमई क्यापिटल, सिद्धार्थ क्यापिटल , एनआईएमबि मेगा क्यापिटल, प्रभु क्यापिटल , एनएमबि क्यापिटल, नबिल इन्भेष्टमेन्ट बैंकिङ लगायत हुन् । बढी डिम्याट भएका कारण धेरै नवीकरण हुन बाँकि डिम्याट पनि यिनै डिपीका रहेका छन् ।

यस अघि : डिम्याट नवीकरण नगर्ने लगानीकर्तालाई आईपीओ भर्न नदिने सिडीएसको चेतावनी

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved