डिम्याट नवीकरण नगर्ने लगानीकर्तालाई आईपीओ भर्न नदिने सिडीएसको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 01, 2023 | 05:49:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत रोक्का राख्ने चेतावनी दिएको छ । सिडीएससीले डिम्याट नवीकरण नगरेका लगानीकर्ताको मेरो शेयर समेत २०८० भाद्र १५ गते देखि रोक्का राख्ने व्यवस्था गरिने जनाएको छ।

अधिकांश लगानीकर्ताले आफ्नो डिम्याट खाताको नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरि प्रयोग गर्ने गरेका छन् । आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने लगानीकर्ताले मेरोशेयर मात्र नविकरण गर्ने गरेका छन् । त्यस्ता लगानीकर्तालाई लक्षित गरेर सिडीएससीले डिम्याट खाताको नवीकरण नगरि मेरो शेयर मात्र नवीकरण गरेका लगानीकर्ताको मेरोशेयर पनि रोक्का राख्ने चेतावनी दिएको हो । यदि मेरोशेयर रोक्का भएमा आईपीओमा आवेदन समेत दिन नपाउने भएकोले बाध्य भएर लगानीकर्ताले डिम्याट पनि नवीकरण गर्ने सिडीएसको अपेक्षा छ ।

 लगानीकर्ताले आफ्नो हितग्राही खाता (Demat Account) को बार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगावै आफ्नो निक्षेप सदस्य (DP) लाई बुझाउनुपर्ने व्यवस्था छ। सो अनुसार शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ । यस्ता लगानीकर्ताले शेयर विक्री गर्दा खाता रोक्का भएका कारणले e-DIS गर्न सम्भव हुदैन। 

तर दोस्रो बजारमा कारोबार नगर्नेले शेयर बिक्री नै नगर्ने भएकोले उनीहरुले लामो समयदेखिको डिम्याट नवीकरण गरेका छैनन्। मेरोशेयर नवीकरण गरेपछि आईपीओमा आवेदन भने गर्न मिल्छ  । शेयर नबेच्ने भएपछि लगानीकर्ताहरुले डिम्याट नवीकरणमा चासो देखाउने गरेका छैनन्।

अब भने सिडीएसले मेरो शेयर मात्र नवीकरण गरेर डिम्याट नवीकरण नगर्नेको मेरोशेयर समेत रोक्का गर्ने चेतावनी दिएको हो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved