लाभांश वितरणका लागि लक्ष्मी क्यापिटलका २ म्युचुअल फण्डको बुक क्लोज मिति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 10, 2023 | 08:41:09 AM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी क्यापिटलले संचालन गरेको २ वटा सामुहिक लगानी कोष योजनाले लाभांश वितरणको लागि बुक क्लोज मिति घोषणा गरेका छन् । लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत संचालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फण्डले लाभांश वितरणको लागि बुक क्लोज मिति घोषणा गरेका हुन्।

दुवै योजनाले साउन ३२ गते बुक क्लोज गर्ने निर्णय गरेका हुन् । यस संगै साउन ३१ गतेसम्म कायम इकाईधनीले मात्र योजनाले प्रदान गर्ने लाभांश पाउन सक्ने छन् ।

जस अनुसार क्यापिटलले लक्ष्मी इक्विटी फण्डका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ८ प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा गरेको छ । त्यस्तै लक्ष्मी उन्नति कोषका इकाईधनीहरुलाई आर्थिक वर्ष २०७९/८० को लागि कर सहित ९.५  प्रतिशत नगद लाभांश बितरण गर्ने घोषणा क्यापिटलले गरेको छ । साउन ३१ गतेसम्म कायम इकाईधनीले यो लाभांश पाउन सक्ने छन् ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved