प्रमोटरले पनि छोडेनन् माण्डु हाइड्रोको आईपीओ, यस्तो छ १ लाख ४३ हजारको आवेदन रद्दको कारण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 10, 2023 | 10:13:42 AM मा प्रकाशित

laxmi  sunrise bank

माण्डु हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा ठुलो संख्यामा आवेदन रद्द भएको छ।    बिक्री प्रबन्धक प्रभु क्यापिटलले आज आइतबार शेयर बाँडफाँड गर्दै १ लाख ४३ हजार ८ सय ७७ जनाको आवेदन रद्द भएको जनाएको हो

 क्यापिटलका अनुसार १ लाख ४१ हजार २ सय ९६ जनाको आवेदन सीआस्वा सदस्यहरुबाटै रद्द भएको थियो । त्यसै दोहोरो आवेदन भएको ५७८ जनाको आवेदन रद्द गरिएको हो । स्थानीयको शेयर पाएका ४९ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ ।  वैदेशिक रोजगारीको आरक्षणको शेयर पाएका १९ सय २३ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ । कर्मचारीको आरक्षणको शेयर पाएका ८ जनाले पनि आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द भएको छ । कम्पनीका २३ जना प्रमोटरले पनि आईपीओमा आवेदन दिएकोले उनीहरुको पनि आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ । 

क्यापिटलका अनुसार आईपीओमा कुल १० लाख १६ हजार ७ सय १४ जनाको आवेदन प्राप्त भएको थियो  । १ लाख ४३ हजार ८ सय ७७ जनाको आवेदन रद्द  भएसंगै ८ लाख ७२ हजार ८ सय ३७ जना आवेदक मात्र शेयर पाउन योग्य भएको क्यापिटलले जनाएको छ  ।  

 मागभन्दा बढीको आवेदन परेकोले गोलाप्रथामार्फत शेयर बाँडफाँड गरिएको छ  । जस मार्फत १ लाख २० हजार ५ सय ३२ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन्  । बाँकि आवेदक भने हातखाली भएका छन्  । 

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ ।  नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट https://www.prabhucapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  सिडीएसले थर्ड पार्टी एपहरुलाई आईपीओ नतिजा देखाउन पूर्ण रुपमा बन्देज लगाएकोले यी ३ तरिकाबाट मात्र आईपीओ नतिजा हेर्न सकिन्छ ।

कम्पनीले भदौ १० देखि भदै १३ सम्म सर्वसाधारणलाई  १२ लाख ५ हजार ३ सय २० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा शेयर निष्काशन गरेको हो । 

कम्पनीले यस अघि नै  आयोजना प्रभावित ललितपुर र मकवानपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि आईपीओ निष्काशन गरि बाँडफाँड गरिसको छ । 

माण्डु हाइड्रोपावर लिमिटेडले मकवानपुर जिल्लाको कोगटे स्थित इपामा २२ मेगावाट क्षमताको बागमती नदी जलविद्युत आयोजनाको निर्माण गरी सञ्चालन गरिरहेको छ । सो आयोजनाले २०७५ चैत्र १८ गतेबाटै विद्युत उत्पादन शुरु गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved