भुजुङ हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले भदौ १३ गते बोर्डमा आवेदन दिएको हो ।
कम्पनीले प्रति शेयर १०० रूपैयाँ अंकित दरको ५ करोडले हुन आउने ५ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । धितोपत्र बोर्डबाट अनुंती पाएपछि कम्पनीले शेयर निष्काशन गर्ने छ ।
सन् २०१५ मा स्थापित भुजुङ हाइड्रोपावरले ७.५ मेगावा क्षमताको रन अफ रिभर प्रकारको अपर मिडिम हाइड्रोपावर प्रोजेक्ट विकास गरिरहेको छ । आयोजनाको कुल लागत रु. ३९ करोड रहेको छ । यो आयोजना नेपालको लामजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकामा अवस्थित छ ।