हाथवे इन्भेष्टमेन्टको आईपीओ बाँडफाँड, १० जनाले पाए २१ कित्ता शेयर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 19, 2023 | 09:17:37 AM मा प्रकाशित

laxmi  sunrise bank

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ ।  बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले आज असोज २ गते बिहान ९ बजे शेयर बाँडफाँड गरेको हो ।

क्यापिटलका आनुसार आईपीओमा कुल १२ लाख ७० हजार ९ सय ९१ जनाको आवेदन परेको थियो । जस मध्ये १२ लाख ६७ हजार हजार ७ सय ९ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।  माग भन्दा बढीको आवेदन परेकोले योग्य आवेदकलाई गोलाप्रथामा समावेश गराई शेयर बाँडफाँड गरिएको छ । 

जस अनुसार १ लाख २१ हजार ३ सय ८७ जनाले मात्र शेयर पाएका छन् ।  यी मध्ये १० जनाले २१ कित्ता शेयर पाएका छन् भने बाँकिले २० कित्ताको दरले शेयर पाएका छन् ।  

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ । प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट https://globalimecapital.com/, सिडीएससीको मेरोशेयरको  वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।  सिडीएसले थर्ड पार्टी एपहरुलाई आईपीओ नतिजा देखाउन पूर्ण रुपमा बन्देज लगाएकोले यी ३ तरिकाबाट मात्र आईपीओ नतिजा हेर्न सकिन्छ ।

कम्पनीले भदौ २१ देखि भदौ २५ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको थियो ।  कम्पनीले सर्वसाधारणलाई २४ लाख २७ हजार ७ सय ५०  कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीको प्रति कित्ता शेयर मूल्य ५० रुपैयाँ रहेको छ । आईपीओमा आवेदन दिंदा न्युनतम २० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिनु पर्ने व्यवस्था थियो । शेयर बाँडफाँड हुँदा पनि न्युनतम २० कित्ताको दरले नै बाँडफाँड भएको हो । कम्पनीले यस अघि नै  वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ ।  

नेपाल धितोपत्र बोर्डले असार १७ गते कम्पनीलाई शेयर निष्काशनको अनुमति प्रदान गरेको हो । कम्पनीले आफ्नो शेयरको प्रति कित्ता अंकित मूल्य ५० रुपैयाँ कायम गरेको छ । सोहि कारण कम्पनीको आईपीओ प्रति कित्ता ५० रुपैयाँ मै आएको हो ।  कम्पनीले आफ्नो कुल पुंजीको १२.५० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गरेको हो  । कम्पनीको जारी पुंजी १ अर्ब १७ करोड रहेको छ । आईपीओ निष्काशनपछि कम्पनी चुक्ता पुंजी १ अर्ब १७ करोड पुग्ने छ ।  

हाल नेपाली बजारमा सोल्टी होटेल लिमिटेडले प्रति कित्ता १० रुपैयाँ अंकित मूल्य कायम गरेर शेयर निष्काशन गरेको थियो। सोल्टी होटेल बाहेक सबै कम्पनीले प्रति कित्ता १०० रुपैयाँ कायम गरेर शेयर निष्काशन गरेका थिए। हाथवे प्रति कित्ता ५० रुपैयाँमा शेयर निष्काशन गर्ने पहिलो कम्पनी बनेको छ । 

यस कम्पनीले शेयर बजारमा लगानी गर्दै आएको छ । यस कम्पनीको संस्थापकहरुमा आईएमई समुहमा आवद्द व्यक्तिहरु रहेका छन् । कम्पनीको ३०.१ प्रतिष शेयर हेमराज ढकालसंग रहेको छ । उनी आईएमई ग्रुपको को-फाउण्डर तथा म्यानेजिङ डाइरेक्टर हुन् । त्यस्तै कम्पनीको २८.१ प्रतिशत शेयर एसआर हाइड्रो एण्ड इन्भेष्टमेन्ट प्रालिसंग रहेको छ । ८.७ प्रतिशत शेयर अम्बिका प्रसाद पौडेलसंग रहको छ भने ५.७ प्रतिशत शेयर निमिषा इन्भेष्टमेन्ट प्रालिसंग रहेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved