११ लाख भन्दा धेरैले भरे सोनापुर सिमेन्टको आईपीओ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2023 | 05:46:09 PM मा प्रकाशित

laxmi  sunrise bank

सोनापुर मिनरल्स एण्ड ओइल लिमिटेड (सोनापुर सिमेन्ट) ले निष्काशन गरेको आईपीओमा आज अन्तिम दिनसम्म ११ लाख १३ हजार बढीले आवेदन दिएका छन्। 

बिहिबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ११ लाख १३ हजार ८ सय ५५ जना आवेदकले १ करोड ४७ लाख ६५ हजार १ सय २० कित्ताका लागि ३ अर्ब ५० करोड ७८ लाख ९७ हजार २ सय १० रुपैयाँ बराबरको आवेदन दिएका हुन् । यो माग भन्दा १.५१ गुणा बढी हो । 

कम्पनीले असोज १४ गतेदेखि आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता शेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने व्यवस्था थियो । शेयर निष्काशनको लागि एनआईएमबि एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

कम्पनीले यस अघि नै  आयोजना प्रभावित दाङ र रोल्पा जिल्लाका स्थानीय र श्रम स्वीकृति लिई विदेशमा रहेका नेपाली नागरिकको लागि निष्काशन गरिएको शेयर बाँडफाँड गरिसकेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved