सिटिजन्स बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थपियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2023 | 08:40:14 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने म्याद थप भएको छ । म्याद थपसंगै यस ऋणपत्रमा कार्तिक १ गतेसम्म आवेदन दिन सकिने छ । यद्यपि सो मिति अगावै पर्याप्त आवेदन परेमा , सार्वजनिक सूचना जारी जारी बिक्री बन्द गरिने बैंकले जनाएको छ ।

बैंकले असोज १७ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ ।  बैंकले १००० अंकित दरका ३० लाख कित्ताले हुन आउने ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो ।

३० लाख कित्ता मध्ये १८ लाख कित्ता विभिन्न व्यक्ति तथा संस्थाहरुलाई अर्थात् व्यक्तिगत तबरबाट बिक्री हुने छ भने १२ लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ। सर्वसाधारणलाई छुट्याएको १२ लाख कित्ता मध्येबाट ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।

ऋणपत्र निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved