कुमारी बैंकको ५ अर्बको ऋणपत्र आजदेखि बिक्रीमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 19, 2023 | 08:23:16 AM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंकले आज कार्तिक २ गतेदेखि ऋणपत्र बिक्री खुला गरेको छ।  बैंकले १००० अंकित दरका ५० लाख कित्ताले हुन आउने ५ अर्ब बराबरको ऋणपत्र निष्काशन गरे हो ।

५० लाख कित्ता मध्ये ३० लाख कित्ता विभिन्न व्यक्ति तथा संस्थाहरुलाई अर्थात् व्यक्तिगत तबरबाट बिक्री हुने छ भने २० लाख कित्ता सर्वसाधारणलाई निष्काशन हुने छ। सर्वसाधारणलाई छुट्याएको २० लाख कित्ता मध्येबाट ५ प्रतिशत अर्थात् १ लाख कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ ।

यस ऋणपत्रमा छिटोमा कार्तिक १२ गतेसम्म सो अवधिसम्म पूर्ण आवेदन नपरेमा ढिलो कार्तिक १६ गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम २५ कित्ता र अधिकतम सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिने छ ।  १० वर्ष अवधिको यस ऋणपत्रमा बैंकले १० प्रतिशत ब्याज प्रदान गर्ने छ ।

ऋणपत्र निष्काशनको लागि नबिल इन्भेष्टमेन्ट बिक्री प्रबन्धक रहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved