हिमालयन रिइन्स्योरेन्सको आईपीओ विरुद्द सर्वोच्चमा रिट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 24, 2023 | 07:06:02 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन रिइन्स्योरेन्सको प्रिमियमको आईपीओ रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । आज शुक्रबार यम प्रसाद भट्टराई र अधिवक्ता भीमसेन रायमाझीले संयुक्त रुपमा सर्वोच्चमा रिट दायर गरेका हुन्।

उक्त रिटमा नेपाल धितोपत्र बोर्ड खुमलटार ललितपुर , नेपाल धितोपत्र बोर्डको संचालक समिति , नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल , हिमालयन रिईन्स्योरेन्स लि. , बीमा प्राधिकरण , बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र बीमा प्राधिकरणको संचालक समितिलाई विपक्षी बनाईएको छ। नियम विपरित हिमालयन रिइन्स्योरेन्सलाई प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिइएको दाबी गर्दै उक्त आईपीओ रोक्न रिट निवेदनमा माग गरिएको छ ।

उक्त रिटको पेशी मङ्सिर १० गते आइतबारको लागि तोकिएको छ ।

हाल हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई मङ्सिर ४ बाट आईपीओ बिक्री खुला गरेको हो।   कम्पनीले  श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपाली ३० लाख कित्ता शेयर निष्काशन गरेको छ । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २०६ रुपैयाँमा आईपीओ निष्काशन गरेको हो । यस निष्काशनमा म्ङ्सिर १८ गतेसम्म आवेदन दिन सकिने छ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख कित्ताको लागि आवेदन दिन सकिने छ। शेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ । 

श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरेको शेयर बाँडफाँड भएपछि कम्पनीले  सर्वसाधारणलाई शेयर निष्काशन गर्ने तयारी गरेको छ  । कम्पनीले सर्वसाधारणलाई २ करोड ४९ लाख कित्ता शेयर निष्काशन गर्ने छ  । 

 नेपाल धितोपत्र  बोर्डले कार्तिक १ गते कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले भदौ २६ गते बोर्डमा आवेदन दिएकोमा ३५ दिन मै आईपीओ निष्काशनको अनुमति पाएको हो ।

हिमालयन रि–इन्स्योरेन्स निजि क्षेत्रको लगानीमा स्थापित पुनर्बीमा कम्पनी हो।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved