प्रिमियममा आईपीओ निकालेको भगवति हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2023 | 08:46:40 AM मा प्रकाशित

laxmi  sunrise bank

भगवति हाइड्रोपावर  कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मङ्सिर २४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा  गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको १०.५२६३ प्रतिशत नगद लाभांश (कर सहित ) वितरण गर्ने प्रस्ताव गरेको छ ।   हाल कम्पनीको चुक्ता पूँजी ५७ करोड २० लाख ६४ हजार रहेको छ ।  

कम्पनीको साधारणसभाले पारित गरेपछि लाभांश वितरण हुनेछ । कम्पनीले पुस २४ गते साधारणसभा आह्वान गरेको छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ५ गते बुक क्लोज गर्ने निर्णय गरेकोले पुस ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

कम्पनीले हालै मात्र अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता ११६ रुपैयाँमा आईपीओ निष्काशन गरेको थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved