हाथवे इन्भेष्टमेन्टमा सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक बन्ने हो ? यस्तो छ निर्वाचन कार्यक्रम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 31, 2023 | 12:56:28 PM मा प्रकाशित

laxmi  sunrise bank

हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले संचालकको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । कम्पनीको पुस २६ गते हुने साधारणसभामा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन हुने छ । त्यसको लागि कम्पनीले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो

यस्तो छ निर्वाचन कार्यक्रम 

मतदाता नामावली प्रकाशन गर्ने : पुस १६ गते , १० बजे 

मतदाता नामावलीमा दावी विरोध गर्ने : पुस १६ गते ११ बजे देखि २:३० बजेसम्म 

मतदाता नामावलीमा छानविन गरी अन्तिम मतदाता नामावली प्रकाशन गर्ने : पुस १६ गते ३ बजे 

उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने: पुस १९ गते बिहान ११ बजेदेखि १ बजेसम्म

मनोनयन पत्र दर्ता भएका उम्मेदवारहरुको सूची प्रकाशित गर्ने: पुस १९ गते ३ बजे

उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने : पुस २० गते बिहान १० बजे देखि १२ बजेसम्म

मनोनयन पत्रको जाँच र उजुरी उपर निर्णय गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने : पुस २० गते ३ बजे

उम्मेदवारले आफ्नो नाम फिर्ता लिने : पुस २२ गते १० बजेदेखि १२ बजेसम्म

उम्मेदवारको अन्तीम नामावली प्रकाशित गर्ने: पुस २२ गते ३ बजे 

मतदान गर्ने, मतगणना गर्ने र परिणाम घोषणा गर्ने : पुस २६ गते साधारणसभाको दिनमा साधारणसभाको बन्दसत्र सकिएपछि 


कम्पनीका अनुसार मतदान गर्ने, मतगणना गर्ने र परिणाम घोषणा गर्ने बाहेकका सबै निर्वाचन कार्यक्रम कम्पनीको कार्यालय लैनचौरमा हुने छ।  मतदान गर्ने, मतगणना गर्ने र परिणाम घोषणा गर्ने कार्यक्रम भने साधारणसभा स्थल अर्थात् लेनचौर ब्यान्क्वेटमा हुने छ 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved