आँखुखोला जलविद्युत कम्पनीको साधारणसभा सम्पन्न, ईन्द्र कृष्ण श्रेष्ठ संचालक निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2024 | 04:33:05 PM मा प्रकाशित

laxmi  sunrise bank

आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज पौष २० गते बैभव पार्टी प्यालेस मैतीदेवीमा साधारणसभा सम्पन्न भएको हो ।

कम्पनीका अध्यक्ष राम श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभाले  आर्थिक वर्ष.२०७९/०८० को वार्षिक प्रगती प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०७९/०८० को लेखापरीक्षण प्रतिवेदन उपर छलफलसँगै लेखा परिक्षक नियुक्त र पारिश्रमिक निधारण समेत गरेको छ ।

सभाबाट सर्वसाधारण सेयरधनीहरुको तर्फबाट ईन्द्र कृष्ण श्रेष्ठ संचालक निर्वाचित भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved