ईङ्वा हाइड्रोपावरको साधारणसभा सम्पन्न, सर्वसाधारण समुहबाट २ संचालक निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2024 | 07:05:32 PM मा प्रकाशित

laxmi  sunrise bank

ईङ्वा हाइड्रोपावर लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज आइतबार कम्पनीकी अध्यक्ष सुमित्रा देबी न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भयेको हो।

थापागाउँ स्थित बानेश्वर ब्याङ्क्वेटमा सम्पन्न साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्दै पारित गरेको छ।  अर्को प्रस्तावहरुमा लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्नुका साथै यस आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्दै सोको पारिश्रमिक निर्धारण पनि गरेको छ। त्यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट संचालकमा इन्द्र मणि त्रिताल र भेजप्रसाद तिमिल्सीना निर्वाचित भएका छन्।

 ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved