माउन्टेन हाइड्रो नेपालको साधारणसभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 08, 2024 | 08:09:17 PM मा प्रकाशित

laxmi  sunrise bank

माउन्टेन  हाइड्रो नेपाल लिटिडेको आठौं वार्षिक साधारणसभा आज पुष २३ गते कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभाले १ : १ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतवेदन र लेखा परीक्षकका प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९ ०८० को वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु)  माथि छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ ।

सभाले अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ती गर्ने तथा एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved