मेरो माइक्रोफाइनान्सको साधारणसभा आह्वान, शेयर संरचना परिवर्तन गर्ने प्रस्ताव

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2024 | 09:13:54 AM मा प्रकाशित

laxmi  sunrise bank

मेरो माइक्रोफाइनान्सले साधारणसभा आह्वान गरेको छ ।  कम्पनीले माघ २६ गते शुक्रबार साधारणसभा आह्वान गरेको हो ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  माघ ४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा लिन सक्ने छन् ।  कम्पनीले लाभांश प्रस्ताव गरेको छैन ।

यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्तावहरु :

१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात तथा मिति २०७९ श्रावण १ देखि २०८० आषाढ मसान्तसम्मको नाफा/नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने ।

३. लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।

४. हाल कायम रहेको पूँजी संरचना संस्थापक सेयरधनीको तर्फबाट ६९.४० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फबाट ३०.६० प्रतिशत रहेकोमा सो सेयर स्वामित्व परिवर्तन गरी संस्थापक सेयरधनीको तर्फबाट ५९.४० प्रतिशत र सर्वसाधारण सेयरधनीको तर्फबाट ४०.६० प्रतिशत कायम गर्ने ।

५. वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (ङ) र (च) मा आवश्यक संशोधन गर्ने सम्बन्धी विशेष प्रस्तावमा छलफल गरी पारित गर्ने र प्रस्तावित संशोधनमा नियमनकारी निकायहरूबाट कुनै फेरबदल वा संशोधन वा परिमार्जनका लागि निर्देशन वा सुझाव आएमा सोहीबमोजिम गर्न/गराउन सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved