नेपाल ल्यूव आयलको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2024 | 05:54:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल ल्यूब आयल लि.को ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश (२५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ७८.४  प्रतिशत सहभागी उपस्थित रहेको कम्पनीले जनाएको छ। 

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले भने, “देश  र बजारको हालको अवस्था निकै नै गम्भीर छ यसमा सबै सरोकारवालाको ध्यान केन्द्रित हुन जरुरी छ र  संस्थाको रुपमा हामीले पनि बजारलाई पोजिटिभ तिर मोड्न आफ्नो भूमिका निर्बाहा गर्नुपर्छ।  नेपाल ल्युब आयल लिमिटेड यहि विचारधारामा आगाडी बढीरहेको छ र रहने छ। व्यवस्थापन र अन्य टोली सदस्यहरू यसमा  प्रतिबद्ध छन्।“   

 नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री÷वितरण समेत गर्दछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved