कुथेली बुखरी स्मल हाइड्रोको सञ्चालकमा लक्ष्मण श्रेष्ठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2024 | 02:50:12 PM मा प्रकाशित

laxmi  sunrise bank

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको सञ्चालकमा लक्ष्मण श्रेष्ठ निर्वाचित भएका छन् । पुस २७ गते सम्पन्न कम्पनीको १२औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरि श्रेष्ठलाई  निर्विरोध सञ्चालक चयन गरेको हो।

श्रेष्ठ शंखरापुर-१ काठमाडौँ निवासी हुन् । हरेक कम्पनीको आईपीओ बाँडफाँड हुँदा श्रेष्ठ पुग्ने गरेका छन् । आम लगानीकर्ताबीच उनी 'बल तान्ने दाई' का रुपमा परिचित छन् । 

त्यस्तै साधारणसभाले कम्पनीको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण अनुमोदन गर्ने, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्त गर्ने र नयाँ आयोजनाहरुको पहिचान गरि लगानी गर्ने लगायतका प्रस्तावहरु पारित गरेको छ। 

 यस कम्पनीले  गत असार २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणलाई आईपीओ निष्कासन गरेको थियो ।  यस कम्पनीले दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा कुथेली बुखरी खोलाको पानी उपयोग गरि ०.९९८ मेगावाटको सुस्पा बुखारी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७२ असोज ३ गते देखि विद्युत उत्पादन गरिरहेको छ । आयोजनाको कुल लागत २४ करोड ७५ लाख ५७ हजार रहेको छ । योजनाको प्रति मेगावाट लागत २४ करोड ८० लाख ५३ हजार हुन आउँछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved