लक्ष्मी सनराइज बैंकको अध्यक्षमा रमण नेपाल चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2024 | 07:30:53 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी सनराइज बैंकको सञ्चालक समिति अध्यक्षमा रमण नेपाल चयन भएका छन् । बिहीबार साधारणसभा पश्चात बसेको नव नियुक्त सञ्चालक समितिको बैठकले रमण नेपाललाई अध्यक्ष चयन गरेको हो ।

बैंकको साधारणसभाले  संस्थापक सेयरधनीको तर्फबाट रमण नेपाल र मनोज कुमार भट्टराईलाई सञ्चालक चयन गरेको थियो । त्यस्तै सर्वसाधारण सेयरधनीको तर्फबाट स्वाती रुङ्गटा र दिनेश पौड्याललाई सञ्चालक समितिमा निर्वाचित गरेको थियो । साधारणसभा पश्चात बसेको नव नियुक्त सञ्चालक समितिको बैठकले रमण नेपाललाई अध्यक्ष चयन गरेको हो ।

 साधारण सभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित गरेको छ । त्यस्तै सञ्चालक समितिको प्रतिवेदन तथा आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण पनि सभाले पारित गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved