सुपर मादी हाइड्रोको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2024 | 07:40:01 PM मा प्रकाशित

laxmi  sunrise bank

सुपर मादी हाइड्रो पावरको तेर्हौ र चौधौं संयुक्त साधारण सभा आज शनिवार  सम्पन्न भएको छ I कम्पनीका अध्यक्ष पुष्प ज्योति ढुंगानाको अध्यक्षतामा सम्पन्न सो साधारण सभा ले आर्थिक वर्ष २०७८/७९ र आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ I

अध्यक्ष ढुंगानाले कास्की जिल्लाको मादी नदिमा निर्माण भएको ४४ मे. वा. को सुपर मादी जल विद्युत आयोजना निर्माणको अवधिमा आएका विषम परिस्थितिहरुको सामना गर्दै आयोजनालाइ छोटो समय र तुलनात्मक रुपमा कम लागतमा नै निर्माण सम्पन्न गरिएको बताए I आयोजना संचालनको ३ महिनाको अवधिमा नै गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुको लागि २ प्रतिशतको लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छI 

 आगामी दिनहरुमा यस आयोजना मार्फत अन्य सम्भावित आयोजनाहरुमा समेत लगानी गर्ने र यसै समूह द्वारा निर्माण गर्न लागिएको ताप्लेजुंग जिल्ला स्थित तमोर नदीमा निर्माणाधीन २८५ मे.वा. क्षमताको अपर तमोर जलविद्युत आयोजनामा समेत यस कम्पनी द्वारा लगानी गर्न गरिएको प्रस्ताव साधारणसभाले पारित गरेको छ I 

यसै साधारण सभा बाट आगामी ४ वर्षको कार्यकालका लागि संस्थापक शेयरधनीको तर्फबाट ५ जना संचालक क्रमश: पुष्प ज्योति ढुंगाना, रघुनाथ पुरी, धन राज आचार्य, मित्र प्रसाद काफ्ले र बाबुराम थापालाई निर्विरोध संचालक चयन गरेको छ I  त्यसैगरी सर्वसाधारण शेयरधनीहरुको तर्फ बाट संचालकमा अरुणा पराजुली निर्विरोध चयन भएकी छिन् भने स्वतन्त्र संचालकमा बिष्णु प्रसाद पाण्डेय चयन भएका छन् I   

 सुपर मादी हाइड्रो पावरले निर्माण गरेको सुपर मादी जलविद्युत आयोजना कास्की जिल्लाको मादी नदीमा रहेको छ र सो आयोजना को क्षमता ४४ मे. वा. रहेको छ I सो आयोजनाको निर्माण कार्य गत वर्ष सम्पन्न भई ब्यापारिक उत्पादन २०७९ चैत्र २७ गते देखि नेपाल विद्युत प्राधिकरणको राष्यट्रिय ग्रिड प्रणालीमा जडान भई सुरु भएको छ I  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved