गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सको साधारणसभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 13, 2024 | 07:55:31 PM मा प्रकाशित

laxmi  sunrise bank

 गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स लिमिटेडको २२औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । गुहेश्वरी भवन, पुल्चोक ललितपुरमा सम्पन्न साधारण सभामा फाइनान्स संचालक समितिका अध्यक्ष युवराज भण्डारीले आव २०७९/८० को वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

अध्यक्षद्वारा पेश गरिएको प्रतिवेदनलाई छलफल गरि पारित गरिएको थियो । हाल फाइनान्सको मिति २०८० पौष २७ गते सम्ममा कुल निक्षेप ८ अर्व १८ करोड र कुल कर्जा लगानी ६ अर्व रहेको बताइएको छ । 

राष्ट्रियस्तरको यस फाइनान्सले हाल देशभर २३ वटा शाखा कार्यालयहरु र ४ वटा विस्तारित काउन्टरबाट ग्राहकहरु माझ आफ्नो वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । कारोबार विस्तारको लागि निकट भविष्यमा विभिन्न सम्भावित स्थानमा थप शाखा विस्तार गर्ने योजना रहेको फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारीले बताएका छन्।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved