सिनर्जी पावरको साधारणसभा सम्पन्न, अर्को वर्षदेखि दिगो लाभांश दिने प्रतिवद्दता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 14, 2024 | 10:22:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १७ औ साधारणसभा सम्पन्न भएको छ । आज आइतबार कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाको अध्यक्षतामा कम्पनीको आर्थिक वर्ष २०७९/८० को साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले सञ्चालक समितिकोतर्फबाट अध्यक्षबाट पेश भएको आ.व. २०७९ / ०८० को वार्षिक आर्थिक विवरण सहितको वार्षिक प्रतिवेदन पारित गरेको छ। त्यस्तै आ.व.२०७९/०८० को लेखापरीक्षकको प्रतिवेदन र सोही आ.व. को वार्षिक वित्तीय विवरण अन्तर्गत वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटीमा भएको परिवर्तन र सोसँग सम्बन्धित सम्पूर्ण अनुसूचिहरु स्वीकृति गर्ने प्रस्ताव पनि साधारणसभाले पारित गरेको छ। साधारणसभाले आ.व.२०८०/०८१ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारीश्रमिक तोक्ने प्रस्ताव पनि पारित गरेको छ। 

साधारणसभामा शेयरधनीले उठाएका जिज्ञासाको जवाफ कम्पनीका अध्यक्ष इन्द्र बहादुर थापाले दिएका थिए । उनले यस वर्ष अडिटरका कारण साधारणसभा गर्न केहि ढिलाई भए पनि पुस मसान्त भित्रै साधारणसभा सम्पन्न गर्न सफल भएको बताए ।  उनले अघिल्लो वर्ष सुचिकृत कम्पनी मध्ये सबैभन्दा पहिले साधारणसभा गरेको पनि स्मरण गराए ।  उनले आगामी वर्ष छिट्टै नै साधारणसभा गर्ने प्रतिवद्दता जनाए । 

अध्यक्ष थापाले यस वर्ष लाभांश दिन सक्ने अवस्था रहे पनि सो रकमले ऋण तिरेकोले आगामी वर्ष देखि दिगो लाभांश दिने प्रतिवद्दता व्यक्त गरेका छन् ।  उनका अनुसार कम्पनीको कुल ऋण ६७ करोड रहेकोमा अहिले घटेर २९ करोड मात्र रहेको र यो वर्ष थप ५ देखि ७ करोड ऋण तिर्ने उनले बताए ।  त्यस्तै उनले ऋण घट्दै गएको र कम्पनीले लगानी गरेको  २२ मेगावाटको 'मध्य होङ्गु खोला जलबिद्युत आयोजना' बाट राम्रो प्रतिफल पाउने भएकोले आगामी वर्ष राम्रो लाभांश दिने बताए । अहिले सिप्रिन खोला आयोजनामा गरिएको लगानी भन्दा कम्पनीले  लगानी गरेको २२ मेगावाटको 'मध्य होङ्गु खोला जलबिद्युत आयोजना'  बाट धेरै आम्दानी हुने उनले उल्लेख गरे ।

कम्पनीले हालै ५० प्रतिशत हकप्रद निष्काशन गरेर सो बाट आएको रकम  'मध्य होङ्गु खोला जलबिद्युत आयोजना' बनाई रहेको एपेक्स मकालु कम्पनीमा लगानी गरेको हो।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved