कैलाश हेलिकप्टरले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 17, 2024 | 02:43:23 PM मा प्रकाशित

laxmi  sunrise bank

कैलाश हेलिकप्टर सर्भिसेसले आईपीओ निष्काशन गर्नको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले आफ्नो जारी पूँजी रु.३५ करोडको १० प्रतिशत अर्थात रु.१०० अंकित दरको ३ लाख ५० हजार कित्ता साधारण शेयर सर्वसाधारणहरुमा जारी गर्नको लागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । 

सम्झौतामा कैलाश हेलिकप्टरको तर्फबाट प्रबन्ध संचालक प्रताप जङ्ग पाण्डे तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । रु.३ करोड ५० लाख शेयर पूँजी बराबरको रु.१००÷– अंकित दरको ३,५०,००० कित्ता साधारण शेयर प्रचलित कानूनको अधिनमा रही सर्वसाधारणहरुलाई प्रिमियम मुल्यमा जारी गर्ने कम्पनीले जनाएको छ । 

सन् २०१८ मार्च २३ बाट संचालनमा आएको यस कम्पनीले एयरबस द्वारा निर्मित AS350 सिरिजको ३ वटा हेलिकप्टर मार्फत सुविधा प्रदान गर्दै आएको छ । संचालनमा आएको पहिलो वर्षदेखि निरन्तर नाफामा रहेको यस कम्पनीले कोभिड १९ माहामारीको समय आ.व.०७६/२०७७ बाहेकको हरेक वर्ष आफ्नो लगानीकर्तालाई प्रतिफल दिदै आएको छ । 

कम्पनीले आ.व.२०७९/२०८० को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ५% बोनश शेयर र १०% का दरले नगद लाभांस वितरण गरेको छ । उक्त बोनश शेयर पश्चात कम्पनीको चुक्ता पूँजी रु.३१ करोड ५० लाख रहेको छ । यस कम्पनीको बोनश वितरण पश्चात किताबी मुल्य रु.१४६.२९ कायम रहेको कम्पनीले जनाएको छ । 

नेपाल नागरिक उड्डयन प्राधिकरणले हाल संचालित हेलिकप्टर कम्पनीहरुले ५ वर्ष भित्र ५ थान हेलिकप्टर पुरयाउनु पर्ने भनी जारी गरिएको नितिलाई अनुसरण गर्दै पूँजी बृद्घि गरी सुरक्षा नितिको पूर्ण पालना गरी सन् २०२५ मा १ थान र सन् २०२७ मा १ थान गरी थप २ थान हेलिकप्टर सन् २०२७ सम्ममा थप गरी कुल ५ वटा हेलिकप्टर संचालनमा ल्याउने योजना रहेको कम्पनीले जनाएको छ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved