शेयरबजारमा आज पनि दोहोरो अंकको गिरावट, हाइड्रो समुह सर्वाधिक घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 01, 2024 | 03:11:46 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको अन्तिम दिन आज बिहिबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक ३०.९२ अंकले घटेर २०६७.०१ को बिन्दुमा पुगेर रोकिएको छ।

आज कारोबारमा आएका ३०९ कम्पनीको १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता शेयर खरिद बिक्रीबाट ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १ सय ३९ रुपैयाँ ३७ पैसाको कारोबार भएको छ । जस मध्ये हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ५४ करोड १ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये समाज लघुवित्तको शेयर मूल्य सर्वाधिक ६.१० प्रतिशत बढेको छ भने रावा इनर्जीको शेयर मूल्य ३.८३ प्रतिशत बढेको छ । आज सामलिंग पावरको शेयर मूल्य सर्वाधिक ९.४२ प्रतिशत घटेको छ भने मिड सोलु हाइड्रोको शेयर मूल्य ६.८८ प्रतिशत घटेको छ । त्यस्तै मोलुंग हाइड्रोको शेयर मूल्य ६.४७ प्रतिशत तथा थ्री स्टार हाइड्रोको शेयर मूल्य ६.१४ प्रतिशत घटेको छ ।

आज फाइनान्स समुहको समुहगत सूचक ०.२१ प्रतिशत बढेको छ । यस बाहेक अन्य सबै समुहगत सूचक घटेको छ । जस मध्ये हाइड्रो समुह २.३५ घटेको छ ।

आज कारोबारमा आएका मध्ये १९ कम्पनीको शेयर मूल्य मात्र बढेको छ भने २२६ कम्पनीको शेयर मूल्य घटेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved