सूचकसँगै शेयर कारोबार पनि घट्यो, युनिक नेपाल लघुवित्तमा पोजेटिभ सर्किट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 04, 2024 | 03:13:41 PM मा प्रकाशित

laxmi  sunrise bank

साताको पहिलो दिन आज आइतबार शेयर बजार परिसूचक नेप्से घटेको छ । आज नेप्से सूचक ५.३१ अंकले घटेर २०६१.७० को बिन्दुमा पुगेर रोकिएको छ ।

आज कारोबारमा आएका ३०७ कम्पनीका ९२ लाख ७२ हजार ७ सय ८२ कित्ता शेयर खरिद बिक्रीबाट ३ अर्ब २१ करोड ६७ लाख २७ हजार २ सय २१ रुपैयाँ ७९ पैसाको कारोबार भएको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज कारोबार रकम पनि घटेको हो ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक ३३ करोड ५८ लाखको कारोबार भएको छ भने एशियन लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख तथा निफ्रा को १२ करोड ३ लाखको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये युनिक नेपाल लघुवित्तको शेयर मूल्य १० प्रतिशतले घटेको छ भने मोलुंग हाइड्रोको शेयर मूल्य ९.४६ प्रतिशत तथा समाज लघुवित्तको शेयर मूल्य ८.२० प्रतिशतले बढेको छ । त्यस्तै भगवती हाइड्रोको शेयर मूल्य ६.७८ प्रतिशत तथा किसान लघुवित्तको शेयर मूल्य ६.६७ प्रतिशत बढेको छ ।

आज महिला लघुवित्तको शेयर मूल्य सर्वाधिक ५.३७ प्रतिशत, रावा इनर्जीको शेयर मूल्य ५.१७ प्रतिशत तथा नेपाल वेयरहाउजिंगको शेयर मूल्य ३,.७८ प्रतिशत घटेको छ ।

आज कारोबारमा आएका मध्ये विकास बैंक,फाइनान्स, इन्भेष्टमेन्ट र निर्जीवन बीमा समुहको समुहगत सूचक बढेको छ । जस मध्ये विकास बैंक समुह सर्वाधिक ०.६६ प्रतिशत बढेको छ । आज जीवन बीमा समुह सर्वाधिक ०.५१ प्रतिशतले घटेको छ ।

आज कारोबारमा आएका मध्ये १३२ कम्पनीको शेयर मूल्य घटेको छ भने १०४ कम्पनीको मूल्य बढेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved