हिमालयन रिइन्स्योरेन्स बन्यो नेप्सेको छैठौ ठूलो कम्पनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 03:36:33 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंकलाई पछि पार्दै हिमालयन रिइन्स्योरेन्स छैठौ ठूलो कम्पनी बनेको छ। नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत भएका कम्पनी मध्ये बजार पुंजीकरणको आधारमा हिमालयन रिइन्स्योरेन्सले ग्लोबल आईएमई बैंकलाई पछि पारेको हो । 

आज हिमालयन रिइन्स्योरेन्सको शेयर मूल्य २.८३ प्रतिशतले बढेर ७०४.९० रुपैयाँ पुगेको छ । यस संगै कम्पनीको बजार पुंजीकरण ७० अर्ब ४९ करोड पुगेको छ ।  हिजो कम्पनीको बजार पुँजीकरण ६८ अर्ब ५५ करोड रहेको थियो ।  

बजार पुंजीकरणको आधारमा नेप्सेको सबै भन्दा ठूलो कम्पनी नेपाल टेलिकम हो ।  टेलिकमको बजार पुंजीकरण १ खर्ब ६२ करोड रहेको छ । त्यस्तै १ खर्ब २८ करोड पुँजीकरण सहित नबिल बैंक दोस्रो , १ खर्ब ११ अर्ब पुंजीकरण सहित नागरिक लगानी कोष तेस्रो, तथा १ खर्ब ४ अर्ब पुंजीकरण सहित नेपाल पुनर्बीमा कम्पनी चौथो ठूलो कम्पनी रहेको छ । 

यी हुन् बजार पुँजीकरणको आधारमा नेप्सेका १५ ठूला कम्पनी 

नेपाल टेलिकम 

नबिल बैंक 

नागरिक लगानी कोष 

नेपाल पुनर्बीमा कम्पनी 

एनआईशी एशिया बैंक 

हिमालयन रिइन्स्योरेन्स 

ग्लोबल आइएमई बैंक 

एभरेष्ट बैंक 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक 

नेपाल लाइफ इन्स्योरेन्स 

स्ट्याण्डर्ड चार्टर्ड बैंक 

निफ्रा 

एचआईडिसीएल 

अपर तामाकोशी हाइड्रोपावर 

हिमालयन बैंक 





Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved