१८८ प्रतिशतले बढ्यो एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्टको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 08, 2024 | 09:47:11 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार यस अवधिमा कम्पनीको खुद नाफा १८८.०३ प्रतिशतले बढेको छ ।

यस अवधिको कम्पनीको खुद नाफा १ करोड ६३ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ५६ लाख ७८ हजार मात्र थियो ।

यस अवधिमा कम्पनीले विभिन्न १३ वटा कम्पनीमा शेयर लगानी गरेको छ । बजार मूल्यको आधारमा सो लगानी रकम २ अर्ब २६ करोड हुन आउँछ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब २२ करोड रहेको छ ।

यस अवधिमा कम्पनीको प्रति शेयर आम्दानी २ रुपैयाँ ६७ पैसा, प्रति शेयर नेटवर्थ १२०.६७ रुपैयाँ, र पीइ रेसियो २०२.०२ गुणा रहेको छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved