२१ प्रतिशतले बढ्यो सानिमा जिआईसीको खुद नाफा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2024 | 12:51:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा जिआईसी ईन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तिय विवरणमा कम्पनीको खुद नाफा २०.९४ बढेको देखिएको छ । 

कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म १० करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत आवको दोस्रो त्रैमाससम्म ८ करोड ७३ लाख खुद नाफा आर्जन गरेको थियो । 

त्यसैगरी, लगानी तथा कर्जाबाट हुने आम्दानी पनि २७.८४ प्रतिशतले बढेर १३ करोड १८ लाख रपैयाँ पुगेको छ । त्यसैगरी कुल दाबी भुक्तानी ११.६३ प्रतिशतले घटेर ३१ करोड ९८ लाख रुपैयाँमा झरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ३६ करोड १९ लाख रुपैयाँ दाबी भुक्तानी दिएको थियो ।

समीक्षा अवधिमा कम्पनीले २९ करोड ३४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।  हाल चुक्ता पुँजी २ अर्ब रुपैयाँ रहेको कम्पनीको बीमा कोषमा ४ अर्ब १५ करोड रुपैयाँ रहेको छ । 

त्यस्तै, प्रतिशेयर आम्दानी १०.५६ रुपैयाँ र नेटवर्थ भने १३७.९८ रुपैयाँ रहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved