मर्ज भएर आएका ६ निर्जीवन बीमा कम्पनी मध्ये कुनको वित्तीय अवस्था कस्तो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 12, 2024 | 09:12:37 PM मा प्रकाशित

laxmi  sunrise bank

मर्ज भएर आएका निर्जीवन बीमा कम्पनीहरुको नाफा बढेको छ । मर्ज भएर बनेका ६ कम्पनीका खुद नाफा  चा लु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म औसतमा ५६.०६ प्रतिशतले बढेको छ । गत वर्ष १२ निर्जीवन कम्पनी मर्ज भएर ६ वटा बनेका थिए ।

जस मध्ये सिद्दार्थ प्रिमियर ईन्स्योरेन्सको खुद नाफा १०० प्रतिशत भन्दा धेरैले बढेको छ । साविक सिद्दार्थ र प्रिमियर ईन्स्योरेन्स मिलेर बनेको यस कम्पनीको खुद नाफा ११७.४१ प्रतिशतले बढेको हो । दोस्रो त्रैमाससम्ममा कम्पनीले ३६ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले १६ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

त्यसैगरी, गत आवको दोस्रो त्रैमाससम्मको तुलनामा हिमालयन एभरेष्टले खुद नाफा ६३.८२ प्रतिशतले बढाएको छ । कम्पनीले दोस्रो त्रैमाससम्ममा १८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिका यस्तो नाफा ११ करोड २५ लाख रुपैयाँ थियो । यस्तै, ५१.०७ प्रतिशतले खुद नाफा बढाएको अईजीआई प्रुडेन्सियलले दोस्रो त्रैमाससम्ममा १८ करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यस कम्पनीले गत आवको सोहि अवधिमा १२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

गत आवको दोस्रो त्रैमाससम्ममा ८ करोड ९१ लाख रुपैयाँ खुद नाफा कमाएको यूनाईटेड अजोडले चालु आवको सोहि अवधिमा १३ करोड १८ लाख रुपैयाँ नाफा कमाएको छ । गत आवको तुलनामा ४७.९२ प्रतिशतले नाफा वृद्धि भएको छ । 

यस्तै, सानिमा जिआईसी र सगरमाथा लुम्बिनी ईन्स्योरेन्स(सलिको) ले क्रमशः २०.८५ र १७.२२ प्रतिशतले खुद नाफा बढाउका छन् । यी कम्पनीहरुले चालु आवको दोस्रो त्रैमाससम्म क्रमशः १० करोड ५५ लाख र २० करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् । गत वर्ष यी कम्पनीहरुले क्रमशः ८ करोड ७३ लाख र १७ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । 

ईपीएसः

यता ईपीएसमा सबैभन्दा अब्बल सिद्दार्थ प्रिमियर नै देखिएको छ । जसको ईपीएस २५.७२ रुपैयाँ रहेको छ । त्यसैगरी, हिमालयन एभरेष्टको १६.०२, सलिकोको १५.३२ र यूनाईटेड अजोडको १३.८५ रुपैयाँ रहेको छ । यस्तै, आईजीआईको १२.१३ र सानिमा जीआईसीको १०.५६ रुपैयाँ रहेको छ । 

नेट वर्थः

नेट वर्थमा सबैभन्दा अगाडी सिद्दार्थ प्रिमियर नै रहेको छ । जसको २६४.३६ रुपैयाँ ईपीएस हुँदा सलिकोको २३२.४५ रुपैयाँ रहेको छ । यसैगरी, हिमालयन एभरेष्टको १९४.८५, यूनाईटेड अजोडको १९४.७४, आईजीआईको १६७.५५ र सानिमा जिआईसीको १३७.९८ रुपैयाँ रहेको छ । 

हेर्नुस् कुनको अवस्था कस्तो ?




Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved