सन नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस पछि हकप्रद निष्काशन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 25, 2024 | 09:38:11 AM मा प्रकाशित

laxmi  sunrise bank

सन् नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनीको फागुन ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजीको २३.८० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.२५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ    नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । 

 कम्पनीले उक्त लाभांश वितरण पश्चात कायम हुने चुक्ता पुंजीको २७ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव गरेको छ । बीमा प्राधिकरणले हकप्रद स्वीकृत गरेपछि, साधारणसभाले पारित गरेपछि र नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि कम्पनीले हकप्रद निष्काशन गर्ने छ 

हाल कम्पनीको चुक्ता पुंजी ३ अर्ब २० करोड छ  ।   २३.८० प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ३ अर्ब ९६ करोड १६ लाख पुग्ने छ   । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved