शेयरबजारमा तेस्रो सर्किट ब्रेक, एमाले सहितको सरकार बन्ने भएपछि लगानीकर्ता उत्साहित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 04, 2024 | 12:14:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सोमबार शेयर बजार परिसूचक नेप्से ६ प्रतिशतले बढेपछि आजको लागि कारोबार स्थगित भएको छ । नेप्से सूचक ६ प्रतिशतले बढेर बजारमा तेस्रो सर्किट ब्रेक लागेअंगाई आजको लागि बजारमा कारोबार बन्द भएको हो  ।

आज १२ बजेर ४ मिनेट ४२ सेकेण्डमा शेयरबजार ६ प्रतिशतले बढेको हो  । आज  ११ बजेर ३ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि पहिलो सर्किट ब्रेक लागेको थियो । पहिलो सर्किट ब्रेकपछि बजार खुलेको २ मिनेट भित्र मै अर्थात् ११ बजार २४ मिनेट १५ सेकेण्डमा नेप्से सूचक ५ प्रतिशतले बढेपछि दोस्रो सर्किट ब्रेक लागेको थियो । त्यसपछि बजार खुलेको केहि सेकेण्ड मै नेप्से सूचक ६ प्रतिशतले बढेको हो।

 ६ प्रतिशतले सूचक बढ्दा नेप्से सूचक ११७.७० अंकले बढेर सूचक २०७८ को बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका २३७ कम्पनीको ९ लाख ३४ हजार ९ सय १९ कित्ता शेयर खरिद बिक्रीबाट ३७ करोड ५२ लाख ९ हजार ९ सय ७८ रुपैयाँ ३२ पैसाको कारोबार भएको छ । आज हाइड्रो समुह सर्वाधिक ७.८६ प्रतिशत बढेको छ । 

 नेकपा एमालेसहितको सरकार बन्ने भएपछि शेयर बजारमा उछाल आएको हो । पछिल्लो समय शेयर लगानीकर्ताले एमाले सहितको सरकारलाई रुचाएको देखिन्छ । यस अघि पनि एमालेबाट विष्णु पौडेल अर्थमन्त्री हुँदा बजारमा यसरी नै सर्किट लागेको थियो । अहिले भने अर्थ मन्त्रालय एमाले वा माओवादी कसले पाउने भन्ने यकिन भईसकेको छैन । यद्यपि माओवादी, एमाले, रास्वपा, जसपा, जनमत, सहितको सरकार बन्ने भएको छ । कांगेस भने सरकारबाट बाहिरिने छ । 

के छ सर्किट ब्रेकको नियम ?

 पहिलो घण्टामा नेप्से सूचक ४ प्रतिशतले घटे वा बढेमा २० मिनेट कारोबार स्थगित हुन्छ  त्यस्तै दोस्रो घण्टा भित्रमा सूचक ५ प्रतिशतले घटे वा बढे ४० मिनेट कारोबार स्थगित हुन्छ  र तेस्रो घण्टा भित्र वा त्यसपछिको समयमा सूचक ६ प्रतिशतले घटे वा बढे बाँकि पुरै दिनको कारोबार स्थगित हुन्छ  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved