बजार ७० अंकले घट्दा पनि २ बीमा कम्पनीको शेयर मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2024 | 03:35:25 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार शेयर बजार परिसूचक नेप्से ७०.३१ अंकले घट्दा पनि २ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । पुनर्बीमासहित सूचिकृत २६ बीमा कम्पीमध्ये २ कम्पनीको शेयर मूल्य बढेको हो । 

यसरी शेयर मूल्य बढ्नेमा बीमा कम्पनीमा नेको ईन्स्योरेन्स र एनएलजी ईन्स्योरेन्स रहेका छन् । नेकोको मूल्य १.९९ र एनएलजीको १.४७ प्रतिशतले मूल्य बढेको छ ।

यी दुई बाहेक सबै बीमा कम्पनीको मूल्य घटेको छ । सूचिकृत १२ जीवन बीमा कम्पनीमध्ये १२ वटाकै मूल्य घटेको छ । जसमध्ये सबैभन्दा धेरै रिलायबल नेपाल र सूर्यज्योतिको समान ५.१६ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यसैगरी, एशियन लाईफको ४.५२, प्रभु महालक्ष्मीको ४.४५ र सानिमा रिलायन्सको ४.०२ प्रतिशतले शेयर मूल्यमा गिरावट आएको छ । 

यता निर्जीवन तर्फ १० वटाको मूल्य घटेको छ । जसमध्ये सबैभन्दा धेरै प्रभु ईन्स्योरेन्सको ८.६४ प्रतिशतले मूल्य घटेको हो । यस्तै सिद्दार्थ प्रिमियरको ५.०७ र आईजीआई प्रुडेन्सियलको ४.४९ प्रतिशतले मूल्यमा गिरावट आएको छ । 

पुनर्बीमा तर्फ नेपाल पुनर्बीमाको ५.९५ र हिमालयन रिको १.३७ प्रतिशतले गिरावट आएको हो ।

कुन इन्स्योरेन्स कम्पनीको शेयर मूल्य कति घट्योः

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved