
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले सामुहिक लगानी कोषहरुलाई छुट्याएको साधारण शेयरको लकइन अवधि २०८० चैत्र १ पश्चात सकिने भएको छ । कम्पनीले सामुहिक लगानी कोषहरुलाई छुट्याएको मध्ये ३६ हजार ५ सय १२ कित्ता शेयरको लकइन अवधि चैत्र १ पश्चात सकिने भएको हो ।
कम्पनीले सामुहिक लगानी कोषलाई १ लाख ४६ हजार २ सय ५० कित्ता शेयर निष्काशन गरेको थियो । धितोपत्र बोर्डले म्युचुअल फण्डलाई छुट्याएको शेयर ६ महिनासम्म बिक्री गर्न नपाउने नियम ल्याउनु अगाडी नै म्युचुअल फण्डले ठूलो हिस्साको शेयर बेचिसकेकोले बिक्री गर्न बाँकि रहेको ३६ हजार ५ सय १२ कित्ता शेयरको लकइन अवधि चैत्र १ पश्चात सकिने भएको हो ।
हाथवे इन्भेष्टमेन्टले प्रति कितात रु ५० को दरले शेयर निष्काशन गरेको थियो।