हकप्रद निष्काशनको अनुमति माग गर्दै खानी खोला हाइड्रोले दियो बोर्डमा आवेदन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 06, 2024 | 03:06:34 PM मा प्रकाशित

laxmi  sunrise bank

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले फागुन १७ गते बोर्डमा आवेदन दिएको हो । 

कम्पनीले १:१ को अनुपातमा हाल कायम चुक्ता पुंजीको शतप्रतिशतले हुन आउने ४६ लाख ५७ हजार १ सय ४३ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो । हकप्रद निष्काशनको लागि सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक रहेको छ। 

 खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड अन्तर्गतको आयोजनाहरु “टुगुंन–ठोस्ने तथा खानी खोला जलविद्युत आयोजना” ललितपुर जिल्लामा अवस्थित रहेका छ र क्रमस ः ४.३६ मेगावाट र २ मेगावाट उत्पादन क्षमता रहेका आयोजनाहरु २०७३ मंसिर देखि नै संचालनमा आईसकेका छन्।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved