
ज्योति क्यापिटलले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “ज्योति क्यापिटल नारी सम्पन्नता निःशुल्क डिम्याट र मेरो शेयर खाता” योजना सार्वजनिक गरेको छ । महिलाहरुलाई पनि शेयर बजार तर्फ आकर्षित गरी एक आर्थिक रुपमा सम्पन्न नारी बन्न प्रेरित गर्ने उद्देश्यका साथ उक्त योजना ल्याएको कम्पनीको भनाई छ ।
उक्त योजना अवधिभर नारीहरु नाबालक देखि साबालक सम्मले निःशुल्क डिम्याट र मेरो शेयर खोल्न पाउनेछन् ज्योति क्यापिटलले नारीहरूको सम्मानमा यो योजना ल्याएको हो ।
ज्योति क्यापिटलमा अनलाइन डिम्याट र मेरो शेयर खाता खोल्नका लागि ज्योति विकास बैंक वा ज्योति क्यापिटलको वेबसाइट अथवा वा लिंक https://demat.jbbl.com.np/Demataccount/registration मा क्लिक गरी खोल्न सकिनेछ ।
उक्त योजना मिति २०८० फाल्गुण २४ गते देखि २०८० फाल्गुण ३० सम्म ज्योति क्यापिटल लिमिटेड तथा ज्योति विकास बैंकको सबै शाखा कार्यालयहरुवाट प्राप्त गर्न सकिने छ ।
क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकरको कार्य गर्न अनुमति प्राप्त गरी लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श, धितोपत्रको प्रत्याभूति सेवा समेत प्रदान गरिरहेको छ । साथै ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलले ज्योति विकास बैंकसँगको सहकार्यमा डिम्याट सेवा पनि प्रदान गरिरहेको छ।