
सर्वोत्तम सिमेन्ट लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलमा शुक्रबार बिहान शेयर बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओमा ९ लाख ६० हजार ३०१ जनाले ५ करोड ६ लाख १३ हजार ३६० कित्ताका आवेदन दिएकोमा १ हजार ३४२ आवेदकको आवेदन रद्द भएको छ । ९ लाख ५८ हजार ९५९ योग्य आवेदकमध्ये ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका छन् । ५० देखि ५ हजार कित्ता सम्मका लागि आवेदन दिएका ५५ हजार ५२१ जनाले ५० कित्ताका दरले शेयर पाएका हुन् । बाँकी रहेको २६ कित्ता शेयर २६ जनाले थप एक एक कित्ताका दरले प्राप्त गरेका छन् ।
९ लाख ३ हजार ४३८ आवेदकको हात खाली भएको छ ।
आइपीओको नतिजा केहि समयपछि प्रकाशन हुनेछ । नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेवसाइड https://www.globalimecapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सकिने छ ।
मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।
कम्पनीले फागुन १३ गतेदेखि फागुन १६ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले सर्वसाधारणलाई २७ लाख ७६ हजार ७६ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले आयोजना प्रभावितलाई शेयर बिक्री गर्दा बिक्री नभएको ६ लाख ८१ हजार ५३० कित्ता समेत जोडेर सर्वसाधारणलाई शेयर निष्काशन गरेको हो।
कम्पनीले बुक विल्डिंग विधिबाट शेयर निष्काशन गरेको हो । यी शेयरको मूल्य प्रति कित्ता ३६०.९० रुपैयाँ रहेको थियो ।