रिडी पावर कम्पनीको हकप्रद भर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 21, 2024 | 08:45:45 AM मा प्रकाशित

laxmi  sunrise bank

रिडी पावर कम्पनी लिमिटेडले निष्काशन गरेको हकप्रदमा आवेदन दिने आज चैत्र ८ गते अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि हकप्रद बिक्री खुला गरेको हो।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १:०.५ को अनुपात अर्थात् ५० प्रतिशत हकप्रद निष्काशन गरेको हो । कम्पनीले ७७ लाख ४४ हजार ५ सय ६ कित्ता कित्ता शेयर निष्काशन गरेको छ। कम्पनीले शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक रहेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि माघ २२ गते बुक्क्लोज गर्ने निर्णय गरेकोले माघ २१ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन सक्ने छन् ।

 रिडी पावर कम्पनी लिमिटेडको लगानी तथा व्यवस्थापनबाट साझा पावर कम्पनीको स्वामित्वमा रहने गरी २० मेगावाट क्षमताको तल्लो वलेफिखोला जलविद्युत आयोजना निर्माण गर्ने र उक्त आयोजनामा स्वः पूजी व्यवस्थापन गर्नको लागि कम्पनीले हकप्रद निष्काशन गर्न लागेको हो । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved