आज सोमबार शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १६.८२ अंकले घटेर २००६.५२ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका ३१४ कम्पनीका ७२ लाख २३ हजार ७ सय ७३ कित्ता शेयर खरिद बिक्रिबाट २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँ ६८ पैसाको कारोबार भएको छ । जस मध्ये ङादी ग्रुप पावरको सर्वाधिक १७ करोड ७३ लाख बराबरको कारोबार भएको छ । त्यस्तै सीवाईसी नेपाल लघुवित्तको ७ करोड ७० लाख, तथा सानिमा माई हाइड्रोको ६ करोड ९१ लाखको कारोबार भएको छ ।
आज कारोबारमा आएका मध्ये माछापुच्छ्रे बैंकको ऋणपत्रको शेयर मूल्य सर्वाधिक ७.०९ प्रतिशत बढेको छ भने मेन्छियम हाइड्रोको शेयर मूल्य ७.०५ प्रतिसहत बढेको छ । त्यस्तै मिड सोलु हाइड्रोको शेयर मूल्य ५.९३ प्रतिशत तथा श्रीजनशील लघुवित्तको शेयर मूल्य ४.६१ प्रतिशत बढेको छ ।
आज गुराँस लघुवित्त र दोल्ती पावर कम्पनीको शेयर मूल्य १० प्रतिशत घटेको छ। त्यस्तै खानीखोला हाइड्रोको शेयर मूल्य ७.४३ प्रतिशत घटेको छ ।
आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन् । आज कारोबारमा आएका मध्ये १८४ कम्पनीको शेयर मूल्य घटेको छ भने ५२ कम्पनीको मूल्य मात्र बढेको छ ।