
आज मंगलबार पनि शेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ । आज नेप्से सूचक १४.८१ अंकले घटेर १९९१.७१ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका ३१२ कम्पनीका ५४ लाख ७१ हजार ६८ कित्ता शेयर खरिद बिक्रीबाट २ अर्ब १० करोड ३० लाख १९ हजार २ सय १८ रुपैयाँ ५८ पैसाको कारोबार भएको छ । जस मध्ये गोर्खाज फाइनान्सको सर्वाधिक १७ करोड ५९ लाखको कारोबार भएको छ । त्यस्तै सुर्यज्योति लाइफ इन्स्योरेन्सको ७ करोड ४३ लाख, पोखरा फाइनान्सको ७ करोड ६८ लाख तथा सर्वोत्तम सिमेन्टको ४ करोड ५९ लाखको कारोबार भएको छ ।
आज सिद्धर्तः बैंकको ऋणपत्रको शेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशत बढेको छ भने गोर्खाज फाइनान्सको शेयर मूल्य ९.९६ प्रतिशत बढेको छ । त्यस्तै सिभिल बैंकको ऋणपत्रको शेयर मूल्य ८.१९ प्रतिशत तथा ग्रीन डेभलपमेन्ट बैंकको शेयर मूल्य ५.०२ प्रतिशत बढेको छ ।
आज रुरु जलविद्युतको शेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ भने पोखरा फाइनान्सको शेयर मूल्य ६.७४ प्रतिशत घटेको छ। त्यस्तै सीवाईसी नेपाल लघुवित्तको शेयर मूल्य ६.५० प्रतिशत तथा दोल्ती पावरको शेयर मूल्य ५.६० प्रतिशतले घटेको छ ।
आज कारोबारमा आएका मध्ये सबै समुहगत सूचक घटेका छन् । जस मध्ये हाइड्रोसमुह सर्वाधिक १.३१ प्रतिशत घटेको छ ।