ज्योति विकास बैंकको नाफामा गिरावट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2024 | 10:57:22 AM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ज्योति विकास बैंकको खुद नाफा घटेको छ ।बैंकले सार्वजनिक गरेको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार बैंकको खुद नाफा २४.४० प्रतिशतले घटेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा १५ करोड २४ लाख रहेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको खुद नाफा २० करोड १६ लाख थियो । यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १.७५ प्रतिशतले बढेर १७ करोड ६ लाख पुगेको छ ।

बैंकले सम्भावित जोखिमलाई छुट्याएको इम्पेयरमेन्ट चार्ज वापतको रकम १६.१९ प्रतिशतले बढेर ८३ करोड २ लाख पुगेको छ । इम्पेयरमेन्ट चार्ज वापतको रकम बढेकोले बैंकको खुद नाफा घटेको हो। यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा २८ करोड ६६ लाख रुपैयाँ ऋणात्मक रहेको छ 

यस अवधिमा बैंकले ६३ अर्ब ४२ करोड निक्षेप संकलन गरेको छ भने ५० अर्ब ७३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकको निष्क्रिय कर्जा भने ३.८९ प्रतिशतबाट बढेर ४६२ प्रतिशत पुगेको छ । 

बैंकको चुक्ता पुंजी ४ अर्ब ३९ करोड रुपैयाँ रहेको छ भने  जगेडा कोषमा १ अर्ब ५० करोड रुपैयाँ सञ्चित छ। बैंकको प्रति शेयर आम्दानी ४ रुपैयाँ ६२ पैसा, प्रति शेयर नेटवर्थ १३४ रुपैयाँ २० पैसा र पीइ रेसियो ६३.५९ गुणा रहको छ।  

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved